‘हिमालय रोडिज २’का बिजेता र उपबिजेताको कलाकार देखि समाजसेवा गर्ने सोच [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

भक्तपुर  :  हिमालय रोडिज सिजन टु ‘वाइल्ड वाइल्ड वेस्ट’को बिजेताको उपाधी आयुष श्रेष्ठले जितेका छन । हात्तीवन सामुदायिक जंगलमा फाइनल प्रतिश्पर्धा गराइएको थियो, जसमा आयुष श्रेष्ठ, पिरबीर घले र तेजश बस्नेत फाइनलिस्टको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

पिएनपिमिडियासँगको कुराकानीमा रोडिज सिजन ‘टु’ का बिजेता आयुष श्रेष्ठ र दोस्रो बिजेता तेजश बस्नेतले रोडिज यात्राको तितामिठा अनुभवहरु सुनाएका छन्। उनीहरुले कलाकारिता र समाजसेवा गर्ने सोच रहेको पनि बताए ।

हिमालय टेलिभिजनमार्फत प्रशारण भएको यो एड्भेन्चर रीयालिटी शोमा आयुष श्रेष्ठले बुट्वल अडिसनबाट प्रतिश्पर्धामा सहभगिता जनाएका थिए । अडिसनमा सहभागी हजारौं प्रतिस्पर्धीहरु मध्येबाट जर्नि राउन्डमा छानिएका उत्कृष्ट १३ प्रतिस्पर्धिलाई पछि पार्दै उनी विजयी भएका हुन् ।

विजेताको उपाधीसंगै आयुसले दश लाख नब्बे हजार रुपौया नगद र यामाहा एफ, जेड। २५० सिसीको बाइक पुरस्कार स्वरुप प्राप्त गरेका छन् । विजेताले कुल २० लाख रुपौया प्राप्त गर्न सक्ने थिए तर जर्नि राउन्डमा खेलाइएका खेलहरुमार्फत प्रतिस्पर्धिहरुले कुल दश लाख नब्बे हजार मात्र जित्न सके । सबैलाई पछि पार्दै आयुसले उक्त रकम हात पार्न सफल भए ।

भारत लगायत दक्षिण एसियामा नै निकै प्रख्यात रहेको यो एड्भेन्चर रीयालटी शो एम टिभी रोडिज भायकम अठारको फ्रेन्चाइज हो । यामाहा एफ.जी. मोटरसाइकल मुख्य प्रायोजक रहेको हिमालय रोडिजमा प्रतिस्पर्धीको खोजको क्रमका नेपालका पााच ओटा शहरहरुमा अडिसन गरीएको थियो।

अडिसनमा मेन्टरहरुको मन जित्न सफलप्रतिस्पर्धीलाई पर्सनल इन्टरभ्यु राउन्डमा प्रवेश गराइएको थियो । पर्सनल इन्टरभ्युर राउन्डबाट उत्कृष्ट १३ जनालाई प्रतिस्पर्धाको लागी नेपालको सुदुर पश्चिमलगिएको थियो र सुदुर पश्चिमका विभिन्न राष्टिय निकुन्ज तथा अन्य आकर्षक ठाउामा प्रतिस्पर्धा गराइएको थियो ।

गत वर्षको सिजन जस्तै यसपटक पनि निर्णायक टिममा रेमन दाश श्रेष्ठ, दिया मास्के र आशिष राना लाउरे थिए भने गत सिजनका विजेता समन श्रेष्ठ र अनिमेश शाही प्रस्तोताका रुपमा उपस्थित थिए । लोकप्रियतासंगै अनेक विवाद खेपिरहने यो रियालीटी शोका निर्देशन अमन प्रताप अधिकारीले गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू