न्होम पेन्ह कम्बोडिया, १५ मङ्सिर (रासस÷सिन्ह्वा) : कम्बोडियामा लागू औषध दुर्व्यसनी को आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ ।
गत ११ महिनाको अवधिमा सात हजार २२९ ओटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
आन्तरिक मामिला मन्त्रालयको लागू औषधविरुद्धको विभागले शनिबार दिएको जानकारीअनुसार पक्राउ परेका मध्ये आठ हजार २२२ जना लागू औषध ओसारपसार गरेको आरोपमा पक्राउ परेका हुन् ।
त्यसैगरी पक्राउ पर्नेमा विदेशी पनि रहेका छन् । पछिल्लो विवरणअनुसार विदेशीमा १८ देशका २४२ जना रहेका छन् ।