युनिक बचतको पूँजी रु ११ करोड

admin

काठमाडौँ, १५ मङ्सिर: ललितपुरको कुपण्डोलस्थित युनिक बचत तथा ऋण सहकारी संस्थाको यस वर्षको पूँजी रु ११ करोड चार लाख ५० हजार रहेको छ । हाल संस्थाले रु ४३ करोड बराबरको कारोवार गरिसकेको छ भने संस्थामा जम्मा दुई हजार ५०० बचतकर्ता छन् ।

संस्थामा अझै रु एक करोड ६० लाख जगेडा कोष छ । संस्थाको दशौँ साधारणसभामा संस्थाका अध्यक्ष मिथिला खड्काले बचतका माध्यमबाट समाजलाई लाभ दिनु पर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमनाथ जोशीले पछिल्लो समयमा केही सहकारीले गरेको बेइमानीका कारण सहकारी शब्द अलोकप्रिय बन्दै गएको बताउनुभयो । सरकार, निजी क्षेत्र र गैरसरकारी संस्था सँगै हिँडे मात्र देशको विकास सम्भव हुने उहाँको भनाइ छ । आगामी वर्षदेखि एक व्यक्तिले एउटा सहकारीमा मात्र बचत गर्न पाउने सहकारी डिभिजन ललितपुरका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया