काठमाडौँ, १५ मङ्सिर: कागेश्वरी मनोहरा नगरपालिकाले अपराध न्यूनीकरण तथा घटनाको अनुसन्धानमा सघाउ पु¥याउन महानगरीय प्रहरी प्रभाग काँडाघारीलाई आज १८ वटा सिसिटिभी र एक थान कम्प्युटर मनिटर हस्तान्तरण गरिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर मातहत रहने प्रहरी प्रभाग काँडाघारीलाई समुदाय– प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ती सुरक्षासम्बन्धी उपकरण प्रदान गरिएको हो ।
नगरप्रमुख कृष्णहरि थापाले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामालाई करीब रु ११ लाख मूल्य बराबरको १८ थान सिसिटिभी क्यामेरा र एक थान कम्प्युटर मनिटर हस्तान्तरण गर्नुभएको छ । प्रहरी प्रभाग काँडाघारीमा मनिटर रहने र कागेश्वरी मनोहराको ९ नं वडाका विभिन्न व्यस्त चोकमा ती १८ वटा सिसिटिभी जडान गरिएको छ ।
-रासस