फिल्म ‘२.०’ मा अक्षयले निभाएका छन् यी व्यक्तिको भूमिका

रिता घिसिंग

एजेन्सी : बिहीबारबाट बलिउड अभिनेताद्वय अक्षयकुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ प्रदर्शन भैरहेको छ । विश्वभरका १० हजार बढी हलमा रिलिज भएको उक्त फिल्मलाई दर्शकले मात्र नभएर समीक्षकहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

यस्तै कमाईतर्फ पनि पहिलो दिनदेखि नै यस फिल्मले बक्स अफिसमा हंगामा मचाउँदै छ । पहिलो दिनमा नै १०० करोड कमाउँदै यस फिल्म साउथको सुपरहिट फिल्म ‘बाहुबली’ पछि सेकेण्ड हाई ओपनर मुभी बनेको छ ।

यस फिल्मले दुई दिनभित्र ३९.२५ करोडको व्यापार गरेको भारतीय मिडियाले जनाएको छ ।

यसैबीच यस फिल्मलाई लिएर एक खबर आएको छ । यस फिल्ममा अक्षय कुमारले निभाएको भूमिका ‘बर्डम्यान’ भनेर चिनिने सलीम अलीको भूमिकाबाट प्रेरित छ । फिल्ममा अक्षय एक अर्निथोलाजिस्ट प्रोफेसरको रोलमा छन्, जो टेलिकम इण्डस्ट्रीको विरोधमा छन् ।

खबरका अनुसार अक्षयको भूमिका र उनको दाह्री पनि हुबहु सलीम अलीसँग मिल्छ ।सलीम एक अर्निथोलजिस्ट र नेचुरलिस्ट थिए । १२ नोभेम्बर १८९६ मा मुम्बईमा जन्मिएका सलीमको जन्म एक सुलैमानी बोहरा मुस्लिम परिवारमा भएको थियो । पंक्षीका बारेमा अध्ययन गरेका उनले विशेष योगदान दिएका थिए ।

४ वर्ष लगाएर निर्माण गरिएको यस फिल्मको बजेट ५ सय करोडको हारहारीमा पुगेको बताइएको छ । यस फिल्ममा अक्षय कुमार र रजनीकान्त बाहेक एमी ज्याक्सन, आदिल हुसेन र सुधांशु पाण्डेको पनि प्रमुख भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू