आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

शर्मिला गुरुङ

काठमाडौँ, १६ मङ्सिर : आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ। शुक्रबार तोलामा एक्कासी ३ सय रुपैयाले घटेर प्रतितोला ५७ हजार २ सय रुपैयामा किनबेच भएको छापावाला सुनको मुल्यामा आज कुनै परिबर्तन नआइ सोहि मुल्य कायम रहेको छ भने तेजावी सुनको मुल्य ५६ हजार ९ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यसैगरी आज चाँदीको मुल्यमा पनि कुनै परिबर्तन आएको छैन। शुक्रबार प्रतितोला ७ सय रुपैयामा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया