प्रियंका–निकको विवाहमा किन बोलाए इजरायलबाट १२ शार्पशुटर ?

रिता घिसिंग

एजेन्सी : जोधपुरको उम्मेद भवनमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसले क्रिस्चियन रितिरिवाजअनुसार विवाह गरे । आज यी दुईको हिन्दू रिवाजअनुसार विवाह हुँदैछ । यो हाइप्रोफइल विवाहका फोटोहरु एक म्यागजिनलाई २.५ मिलियन डलरमा बेचिएको छ । म्यागजिनको नाम अझै खुलासा भएको छैन । यो विवाहको फोटो वा जानकारी बाहिरिन नपाओस् भन्नका लागि म्यागजिनले उम्मेद भवनमा कडा सुरक्षा तैनाथ गरेको भारतीय मिडियाले लेखेका छन् ।

स्रोतकाअनुसार कसैले ड्रोनबाट फोटो नखिचुन् भन्नको लागि इजरायलबाट १२ जना शार्पशुटर बोलाइएको छ । यी शार्पशुटर खतरनाक स्नाइपर राइफसहित उम्मेद भवनमा तैनाथ हुनेछन् । उनीहरुले ड्रोन उडेको देख्नासाथ गोली हानेर खसालिदिेछन् । यहाँसम्म कि विवाहमा बोलाइएका पाहुनाहरुलाई समेत ५०० रुपैयाँको स्टाम्प पेपरमा ‘विवाहको फोटो र जानकारी कसैसँग शेयर नगर्ने’ शर्तसहितको सम्झौता पत्रमा हस्ताक्षर गराइएको छ । भारतीय कानुनअनुसार ५ सय रुपैयाँ छापिएको स्टाम्प पेपरमा भएको सम्झौताका शर्त उल्लंघन गर्नेलाई जेल सजाय हुनसक्छ । अर्थात यो विवाहको कुनै जानकारी वा फोटो समयभन्दा पहिल्यै सार्वजनिक गरेमा निम्त्याइएका पाहुना पनि जेल जानुपर्ने हुनसक्छ ।

उम्मेद भवनभित्र पनि निकै कडा सुरक्षा भएको भारतीय मिडियाले लेखेका छन् । निकको तर्फबाट अमेरिकाको एक सेक्युरिटी कम्पनीले १ सय सुरक्षागार्ड तैनाथ गरेको छ । यसका अलावा हरियाणाको अर्को सेक्युरिटी कम्पनीलाई पनि सुरक्षाको जिम्मेवारी दिइएको छ । बिहेमा निम्त्याइएका सबै पाहुनालाई खास आइडी कार्ड दिइएको छ । कार्डमा विशेष किसिमको बारकोड प्रिन्ट गरिएको छ जुन कोड स्क्यान गरेपछि मात्र भित्र जान दिइन्छ । सबै पाहुनाको फोन र क्यामेरा गेटमै सुरक्षाकर्मीले लिन्छन् । कसैले पनि फोन लिएर भित्र जान पाउँदैन ।

विवाहको व्यवस्थापन गरिरहेको कम्पनीका कर्मचारीलाई फोन आवश्यक पर्ने भएकोले अर्को रमाइलो आइडिया लगाइएको छ । सबै कर्मचारीका स्मार्टफोन सुरक्षाकर्मीले लिएका छन् र उनीहरुलाई सामान्य थिच्नुपर्ने किप्याड भएका फोन दिइएको छ । कर्मचारीलाई दिइएका यी मोवाइल फोनमा फोन गर्ने र एसएमएस गर्नेबाहेक अन्य कुनै सुविधा छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू