अमेरिकामा ७ रेक्टरको भूकम्प यसरी चिरा पर्यो सडक

रिता घिसिंग

अलस्का : अमेरिकाको अलस्कामा शुक्रबार शक्तिशाली भूकम्पको झट्का महशुस गरिएको छ । शुरुमा यो ६.६ रेक्टर स्केलको भूकम्प भनिए पनि अमेरिकी भूगर्भ मापन केन्द्रले यो भूकम्प ७ रेक्टर स्केलको भएको बताएको छ । अमेरिकी सिस्मोलोजिकल मापन केन्द्रले भने ६.६ रेक्टर स्केलको भनेको थियो ।

भूकम्पले अलास्कामा निकै क्षति पुर्याएको अन्तर्रँष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी क्षतिको विवरण भने प्राप्त भएको छैन । तर, ठूलो क्षेति भएको हुन सक्ने जनाइएको छ । भूकम्पपछि त्यहाँ भागदौड मच्चिएकोसमेत बताइएको छ । यस्तै विद्यार्थीहरुले सामाजिक सञ्जालमा भूकम्पले पुर्याएको क्षतिका केही तस्वीरसमेत पोस्ट गरेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच भूकम्पपछि अलास्कामा समुन्द्रि तुफानको चेतावनी पनि दिइएको छ । भूकम्पका कारण तटीय क्षेत्रमा सुनामी आउन सक्ने भन्दै सतर्क रहन भनिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया