दीपक कलालले भने, ‘राखी सावंत र मेरो विवाह खर्च ७० करोड ! ३१ डिसेम्बरमा विवाहको घोषणा (भिडियो

मनिषा थापा

पिएनपिखबर  :  राखी सावंत र दीपक कलाल फेरी एकपटक आफ्नो हाईवोल्टेज ड्रामाको कारण चर्चामा छन्। दिपक र राखीले मुम्बईमा एक पत्रकार सम्मेलन जारी गरी आफ्नो विवाह ३१ डिसेम्बरमा हुने घोषणा गरेका छन्।

उनीहरुले त्यससमय ड्रामा मात्र देखाएनन् मिडियाकै अघि अश्लिल शब्द प्रयोग गरी एकअर्कालाई गालीसमेत दिए।

यो जोडीले उक्त प्रेसमिटमा निकै ड्रामा गरेका थिए। दीपक कलालले भने, ‘हाम्रो विवाहको बजेट मात्र ७० करोड छ।’ यसकुरामा राखीले उनको बोली रोक्दै भनिन्, ‘मसँग ८५ करोडको कुरा भएको थियो बाँकी १५ करोड कहाँ गयो ?’ त्यसमै दिपकले भने केहि पैसा कपडामा कम भयो’ राखीले प्रेसमिटको दैरानमा दिपकलाई रकम घटेकोमा मिडियाका सामु गाली गलौज समेत गरिन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू