हुनेवाला दुलाहा आनन्दको ब्लेजर उल्टो लगाएको अवस्थामा देखा परिन ईशा अम्बानी

रिता घिसिंग

पिएनपिखबर : अभिनेत्री प्रियंका चोपड़ा र अमेरिकी सिंगर निक जोनसको बिबाह समारोहमा सहभागी हुन् सबै स्टारहरु जादै छन्। बलिउड र हलिउड कलाकारहरुको बीच शनिबार बिहान परिवारसहित आकाश अम्बानी र उनको मंगेतर श्लोका मेहता जोधपुर पुगे। उनको साथ बहिनि ईशा अंबानी र मंगेतर आनंद पीरामल पनि थियो। बेलुका तिनै जना मुम्बई फर्किने बेला एयरपोर्टमा देखा परे।

सिधै पार्टीबाट आएका कारण ईशा चक्लेटी कलरको गाउनमा थिइन्। उनले मंगेतर आनंदको नीलो ब्लेजर उल्टो लगाएकी थिइन्।

त्यसैमा उनको पछि-पछि हिडिरहेका एक स्टाफले उनको गाउनको टेल समाईरहेका थिए। अम्बानी परिवारको साथ कान्छो छोरा पनि आफ्नो गर्लफ्रेन्ड राधिका मर्चेटसंग देखा परिन।

ईशा अम्बानी अभिनेत्री प्रियंकाको नजिकैको साथी भनिन्छ। सेप्टेम्बरमा इटालीको लेक कोमोमा भएको इन्गेजमेन्टमा प्रियंका आफ्नो मंगेतर निकसंग पुगेकी थिइन्।

जोधपुरको उम्मेद भवनमा अभिनेत्री प्रियंका चोपडा र निक जोनसले क्रिस्चियन रितिरिवाजअनुसार विवाह गरे । आज यी दुईको हिन्दू रिवाजअनुसार विवाह हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू