अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी सोनाली बेन्द्रे भारत फर्किंदै

रिता घिसिंग

एजेन्सी : अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे भारत फर्किंदैछन् । हाइ ग्रेड मेटास्टेटिक क्यान्सरको उपचार गराइरहेकी बेन्द्रे उपचारको बिचमा केही समय लिएर भारत आउन लागेकी हुन् ।

उनको क्यान्सर पूरै ठिक भइसकेको छैन् ।उनले आफू भारत आउन लागेको कुरा इन्स्टाग्राममा एक पोस्ट गर्दै पुष्टि गरेकी छिन् । उनले पोस्टमा आफू भारत आउन लाग्दा निकै खुसी भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले आफूले उपचारको क्रममा केही समयको लागि विश्राम पाएको र आफू यो पलको प्रतिक्षा गरिरहेको बताएकी छिन् । उनलाई हाइ ग्रेड मेटास्टेटिक क्यान्सर भएपछि उनका फ्यानहरु दुखी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू