मुख्यमन्त्रीद्वारा नै यौन दुर्व्यवहार : आरोप मात्रै कि सत्य घट्ना ? जान्नुहोस [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर  :  यौन दुर्व्यवहार विरुद्धको अभियान ‘मी टू’ले कलाकार, पत्रकारसँगै मन्त्रीलाई पनि लपेटेको छ । ‘मि टू’ अभियानका क्रममा पीडित महिलाहरुले आफूमाथि भएको यौन हिंसाको विरुद्ध बोल्न थालेका छन् । सामाजिक संजालको भित्ताको चारैतिर ‘मि टू’को चर्चा व्यापक देखिन्छ।

तत्कालिन युवासंघकी केन्द्रिय सदस्य बालिका खड्काले प्रदेश नं १ का मूख्यमन्त्रीले आफुमाथी चरम यौन हिंशा गरेको भन्दै आरोप लगाएकी छिन् । उनी भन्छिन, ‘म माथि उनले २०७१ सालदेखी २०७२ सालको अन्तिमसम्म निरन्तर यौनहिंसा गरिरहे। तर मन्त्रीले सांकेतिक म्यासेज गरेका कारण चुप बसेकी थिए। जुन सांकेतिक म्यासेज यौन हिंसाभित्र पर्छन् । ‘

आफूले राईलाई नेताको रूपमा हेरेपनि राइले आफूलाई नेता नभई नराम्रो नजरले हेर्ने गरेको र पछि आफूूसँग अस्वभाविक र हिंसात्मक भएको बालिकाले बताइन् । उनले २०७१ सालमा मन्त्रीलाई पहिलो पटक भेटेकी थिइन्। उनी युवासंघको केन्द्रीय सदस्य हुँदा राई युुवासंघमा पार्टीले इन्चार्ज बनाएर पठाएको थियो ।   आफूलाई याैन दुर्व्यवहार गरेको तर, सम्बन्ध भने पराइको जस्तो देखाएको भन्दै उनले आक्रोश व्यक्त गरेकी छिन्।

पीडित खड्काले राईले आफूलाई गरेको यौन हिंसाबारे उजुरी दिएको बताएकी छिन् । उजुरी गर्दा आफूलाई प्रधानमन्त्री ओलीको सचिवालयमा जागिरबाटै बर्खास्त गरिएको खड्काको भनाई छ । त्यसपछि आफूलाई युवासंघको केन्द्रीय सदस्य पद पनि हटाएको उनले बताएकी छिन् ।

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको दोस्रो पटक जिम्मेवारी लिँदै गर्दा शीतलनिवासमै मुख्यमन्त्री राईले आफ्ना सम्वेदनशील अंगमा छोएको दाबी उनले गरेकी छिन् । मुख्यमन्त्री राईले भने यसबारेमा केही प्रतिक्रिया दिएका छैनन् ।

‘पार्टीका नेताहरुले गरेका कमजोरी जतिबेला पायो त्यतिबेला बाहिर ल्याउनु हुँदैन भन्ने मलाई पनि थाहाँ थियो । तर मैले जती इमान्दारीता देखाए पनि र पार्टीभीत्र कुरा राख्दा पनि सुनुवाई नहुने तर झन उल्टो दबाब दिने गर्न थालेपछी सार्वजनिक गर्न बाध्य भएकी हुँ ।’ ,उनले भनिन् ।

उनले आफुले पिडा भएकोमा आवाज उठाउँदा जागिर खोसियो अब गल्ती गरेको मन्त्रीले पनि पदमुक्त हुनुपर्ने माग राखेकी छिन्। उनले आफुजस्ता हजारौ महिलाले न्याय पाउन नसकेको गुनासो गरेकी छिन् ।  बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू