राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुंगेल अन्तर्राष्ट्रिय युवा पुरष्कार २०१८ बाट सम्मानित

admin

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल ‘अन्र्तराष्ट्रिय युवा पुरष्कार – २०१८’ बाट सम्मानित भएका छन् । श्रीलंकाको कोलम्बोमा जारी दक्षिण एशियाली सम्मेलनमा युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि कार्यमा उत्कृष्ठ योगदान पु¥याएको भन्दै अन्र्तराष्ट्रिय युथ कमिटीले ढुंगेललाई सम्मान गरेको हो ।

गत अगष्ठ २३ मा उक्त पुरस्कार घोषणा गरिएको थियो । हरेक वर्ष युवाको क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विश्वको १ जनालाई अन्र्तराष्ट्रिय युथ कमिटीले सम्मान गर्दै आएको छ ।सार्क राष्ट्रका सम्र्पूण देश लगायत अन्य ३० देशको सहभागित रहेको उक्त सम्मेलनमा उपाध्यक्ष ढंगेलले अहिलेसम्म नेपाल सरकारले युवाको क्षेत्रमा गरेको कामको कार्य प्रगति पत्र समेत राखेका थिए ।

युवाको क्षेत्रमा भएका संवैधानिक, नीतिगत, कानुनी, संरचनागत र कार्यक्रमगत सुधारका नयाँ व्यवस्थाले गर्दा पछिल्लो समय विश्व युवा सूचकमा नेपालले ६८ देशलाई उछिन्न सफल भएको थियो । विश्व युवा सूचकमा नेपाललाई १ सय ४५ स्थानबाट ७७ औँ स्थानमा ल्याउन राष्ट्रिय युवा परिषदको ठूलो देन रहेको परिषदले दावि गर्दै आएको छ । युवा परिषद्ले युवाका सवालमा ल्याएको निति, कार्यक्रम र यूवाका लागि सिर्जना गरेको रोजगारिका हिसावले परिषदको स्थापना भएको २ वर्षको अवधिमा नेपालले ६८ देशलाई पछाडि पारेको हो ।

प्रतिक्रिया