गर्भमा रहेको ५ महिनामै जन्मिए शिशु, जन्मिदा जम्मा आधा किलोको थियो

रिता घिसिंग

पिएनपिखबर : इंग्ल्याण्डमा केहि महिना अघि जन्म भएकी बच्ची सेलिब्रेटी नै बनेकी छिन। मानिसहरु यसलाई चमत्कार मान्छन । यो बच्ची गर्भमा मात्र ५ महिना भएपछि जन्मेकी हुन्। उनको जन्म हुँदा उनि चक्लेट जत्रै थिइन्। उसलाई देखेर डाक्टरले बच्न मुस्किल छ भनेका थिए। धेरै कठिनाईको सामना गरेपछि बच्ची बाँचिन र अहिले घर पनि पुगेकी छिन।

यो बच्चा बर्केनहेड शहरमा बस्ने जोडी ३८ बर्षिय ली पैट्रिक र उनको पत्नी ३६ बर्षिय मैरिनको हो। जसलाई मानिसहरुले चमत्कार नै मानेका छन्। मैरिनले यसै बर्ष २८ जुनका दिन २२ हप्ता ४ दिन अर्थात् ५ महिनाको गर्भवतीपछि छोरी सुसीलाई जन्म दिएकी छिन्।

श्रीमान ली भन्छन मेरी श्रीमती गर्भवतीको समयमा एकदम नर्मल थिइन्। यो कुराको अलिकति पनि शंका गरेको थिएन कि बच्चा पाँच महिनामै जन्मिन्छ भनेर।यो सब एउटा घाउको कारण भएको हो। घाउ आमालाई लागेको थियो। यहि घाउका कारण शिशुलाई समय अगावै जन्मीइन। शिशुलाई देखेर डाक्टरले बच्ने सम्भावना एकदम कम छ भनेको थियो।

लीका अनुसार २७ जुन राति करिब ११ :३० बजे यी जोडी अस्पताल पुगेका थिए। हस्पिटल जाँदै गर्दा १५ मिनेट पछि बेथा लागेको थियो। हस्पिटल पुग्ने बित्तिकै शिशुलाई मैरिनले जन्म दिईन। शिशु जम्मा आधा किलोको थिइ। गर्भमा रहेको ५ महिनामै जन्मिए शिशु, जन्मिदा जम्मा आधा किलोको थियोडाक्टरले शिशुको बच्ने सम्भावना कम छ भन्दा यी जोडीले हिम्मत हारेनन। उनीहरुले शिशुको नाम सुसी राखेका छिन। सुसी अहिले ५ महिना पुरा भैसकेका छन्। अहिले पनि उनले अक्सिजनको भरमै छन्। अहिले सुसीलाई आफ्नै घरमा ल्याएका छन्। पिता ली भन्छन हाम्रो सुसी सायद संसारकै सानी बच्चा हुन्।

प्रतिक्रिया