चार जना पुरुषले गरे कुकुर बलात्कार, बलात्कृत कुकुरको भयो मृत्यु

रिता घिसिंग

एजेन्सी : भारतमा चारजना पुरस्कारले एक कुकुरमाथि सामूहिक बलात्कार गरेका छन् । सामूहिक बलात्कारमा परेको कुकुरलाई यौनाङ्ग काटिएको अवस्थामा अस्पताल लगिएको बताइएको छ । बलात्कारमा परेको करेज नाम रहेको सो कुकुरको गएको बुधबार मृत्यु भएको छ ।

फेसबुक पोस्टमा लेखिए अनुसार कुकुरको पोस्टमार्टमसमेत गरिने छ ।करेजको बलात्कारपश्चात् अत्यधिक रक्तश्राव र आन्तरिक चोटका कारण मृत्यु भएको बताइएको छ । करेजलाई ड्रग्स सेवन गरेको भनिएका चार व्यक्तिले बलात्कार गरेका हुन् । बलात्कारी चारजनाको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

सुधा फर्नान्डेज नामकी एक युवतीले नोभेम्बर १७ तारिखमा करेजको यौनाङ्ग काटिएको र अत्यधिक पीडामा कराइरहेको देखेपछि घटना सार्वजनिक भएको हो । कुकुरको अगाडिको खुट्टा र मुख बाँँधेर बलात्कार गरिएको थियो ।

प्रतिक्रिया