निर्मलाको लागि न्याय माग्दै पोष्टर टाँस्दा प्रहरीद्धारा पक्राउ परेकाहरु माथि के के भयो ? [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

काठमाडौं  :  निर्मलाको लागि न्याय माग्दै पोल पोलमा पोस्टर टाँस्दा पक्राउ परेकाहरुले आफुहरुको आवाज सरकारले दबाउन नसक्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर सहित नयाँ युगको थालनी भन्दै टांसिएको पोस्टरलाई काउन्टर दिंदै निर्मलाको फोटो सहितको पोस्टर टांसेपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो । हिरासतमा परेकी सिर्जना विश्वकर्माले आफुहरुलाई अनामनगरमा प्रहरीले हिरासतमा राखेको बताइन् ।

विदेशी पाहुनाको अगाडी मुलुककै बेइज्जत हुने भएकाले आफुहरुलाई हिरासतमा लिएको भन्दै आफुहरुलाई प्रहरीले हिरासतमा राखेको प्रतिकृया दिएकी छन् । तर उनले हिरासतमा राख्दैमा न्यायको लागि उठाइएको आवाज दवाउन नसक्ने बताइन् । उनले देश विदेशमा रहेका नेपालीलाई निर्मलाका लागि मात्र न्याय भन्ने नसम्झेर भोली जसलाई पनि पर्न सक्ने घटना भन्दै आफ्नो आवाज वाहिर निकाल्न आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू