१७ वर्षीया बन्दना भन्छिन, ‘१२६ घण्टा नाचेर विश्व किर्तिमान राखेको सपना जस्तो लाग्छ, अब अनाथ बाल-बालिकाको लागी आश्रम खोल्दै छु [हर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :   महालक्ष्मी नगरपालिका–९ धनकुटाकी १७ वर्षीया बन्दना नेपाल अहिले चर्चाको शिखरमा पुगेकी छिन्। उनले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर ‘गिनिज बुक अफ वर्ल्ड’मा नाम लेखाउन सफल भएकी हुन् ।

काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै गरेकी बन्दनामा सहास, हिम्मत त छदै नै छ त्यसमाथि उनी मनकारी पनि छिन्। सानै देखि टुहुरा, असाय व्यक्तिहरु  देख्दा केहि गर्छु भन्ने लाग्थ्यो बन्दनालाई। अब भने उनको त्यो सपना पुरा हुने भएको छ। उनले चाडै नै अनाथ बाल-बालिका र बेसाहारा महिलाहरुको लागी आश्रम खोल्दै छिन्।

गत शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर ‘गिजिन बुक अफ वर्ल्ड’ रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनले नृत्य गरेकी थिइन् । ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउन सफल भएपनि उनले बुधवार साँझ ५ बजेसम्म नृत्य गरिरहेकी थिइन् ।

नृत्यस्थलमा ६० वटा नेपाली लोकलयका गीत निरन्तर बजाइएको थियो । ती गीतमा उनले विभिन्न नृत्य गर्दै आफ्नो लक्ष्य पुरा गरिन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका थिए । कार्यक्रमस्थलमा निर्णायक पनि राखिएका थिए ।

उनी भन्छिन, ‘१२६ घण्टा नाचेर विश्व किर्तिमान राखेको सपना जस्तो लाग्छ। त्यो बेलाको जस्तो संघर्ष र दुख अब जिन्दगीमा गर्नुपर्दैन होला, सायद। त्यस समय मलाई देखेर सबै रोए, धेरैले आफुलाई हिम्मत दिनको लागि आफै नाचेर खुट्टामा घाउ बनाउनु भएको थियो जुन देख्दा धेरै खुशी लाग्यो।’

उनका बाबुले नै उनलाई यस विश्व कृतिमान कायम राख्ने सल्लाह दिएका थिए। बन्दनाका बाबु भन्छन, ‘ छोरीलाई हेर्न र हौसला दिन देशका धेरै हस्तीहरु आउनुभएको  देख्दा गर्भ महसुश भयो। छोरीले त्यति खेर नाच्दा सबै रोए। उनको अबस्था देख्दा म पनि रोए। अझै पनि त्यो क्षण आखाँमा झल्झली आइरहेको छ।’

गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन् । त्यसबाहेक बाँकी समय उनले नृत्य रोकेकी छैनन् । नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या भने देखिएन ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू