प्रियंकाको बिहेमा साली परिणितीले निकसँग जुत्ता लुकाइदिएवापत मागिन् ५ लाख डलर

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडाको बिहेमा उनकी बहिनी परिणिती चोपडाले भिनाजु निक जोनससँग जुत्ता लुकाइदिएवापत ५ लाख डलर (५ करोड नेपाली रुपैयाँभन्दा बढी) मागेकी छन् । भारतिय मिडियाका अनुसार उनले पाँच कारोड मागेपनि निकले कति दिए त्यो भने खुलाइएको छैन् ।

यसअघि आइतबार बेलुका उम्मेद भवन महलको स्टाफ गेटजनिकैको बगैंचाबाट निकको जन्ती हिँडे । निकले हिदू रिवाजअनुसार शेरवानी र चुडीदार पाइजामा लगाएका थिए ।

उनले साफा लगाएर कम्मरमा तरवार पनि राखे । देशी विदेशी जन्तीले नाच्दै गाउँदै महल परिक्रमा गरेका थिए । यी दुईको हिन्दू रिवाजअनुसार विवाह भयो । यसअघि यी दुईको क्रिस्चियन रिवाजअनुसार विवाह भएको थियो । लामो समय प्रेममा रहेको यो जोडीले केही समय पहिले इन्गेजमेन्ट गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू