हेलिकप्टरबाटै यसरी सुत्केरी महिलाको गरियो उद्धार, हेर्नुहोस् लाइभ फुटेज [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मुलुकमा ठूला ठूला परिवर्तन भयो । राजनीतिक दलका नेताहरुको आर्थिक उन्नती र समृद्धिका नारा सुनिन थालिएको पनि धेरै वर्ष भयो । प्रशासनिक क्षेत्रका व्यक्ति पनि दिनरात नागरिककै सेवामा खटेको बताएर थाक्दैनन् । तर, नागरिकले सामान्य उपचार नपाएर ज्यान जोखिममा मोल्नुपर्ने अवस्थाको भने अन्त्य भएन । हो, यस्तै अवस्था भोगिन् सोलुखुम्बुकी १८ वर्षीया एक महिलाले । उनी एक दिन अगाडीदेखि सुत्केरी बेथाले छट्पटाउँदा न राजनीतिक दलका नेताले केही गरे नत स्थानीयस्तरमा रहेका सरकारका कर्मचारीले नै ।

आर्थिक अवस्था नाजुक भएकी उनको भगवान भरोसामा सन्तान जन्माउने प्रयास गरिन् । तर, बेथा लागेर सन्तान जन्माउन त परै जाओस् सन्तमायाको ज्याननै जोखिममा पर्न थाल्यो । आफन्तहरु आत्तिन थाले, कहाँ कसलाईे भनौं, जसले उनलाई र जन्मने बच्चाको ज्यान जोगाइदिन सकोस् । यसैक्रममा काठमाडौंको चण्डोलमा ‘घर आँगन नेपाल’ नामक संस्था खोलेर सामाजिक क्षेत्रमा काम गरेका दीपक सिलवाललाई सम्झे । उनले यसअघि सिन्धुपाल्चोकका विभिन्न ठाउँका गरिब बिरामीको उपचार गरिदिएका थिए ।

उनका आफन्तले पनि उनै सिलवाललाई फोन गरे। सिम्रिक एयरलाइनसँग उनको सम्झौता भएकोले उनले महिलाको स्वास्थ्य स्थिति बुझेर तुरुन्तै हेलिकप्टर लिएर सोलुखुम्बु पुगे। अहिले उनको टिचिंग अस्पतालमा उपचार भइरहेको छ । उनलाई इमर्जेन्सी अवार्डमा भर्ना गरिएको छ। उनको स्थिति अहिलेकेही हद सम्म सुध्रिदै गएको छ।

यो भन्दा अघिक सुत्केरी महिलाको उद्दार गर्न वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालसँग सहमति भए पनि हालको लागि त्यहाँ सम्म लग्न समय लाग्ने र असम्भब भएकोले उनले टिचिंग अस्पतालमा उपचार गराएका हुन्। सुत्केरी महिलाको स्थिति निकै कम्जोर भएकोले अस्पतालको उपचार खर्च र हेलिकप्टर चार्टरको पैसा भने दीपक सिलवालले आफैं व्यहोर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू