९० खर्ब ऋण लिएर फरार भएका उद्यमी बिजय माल्याले ट्विटरमार्फत भने, ‘म बैंकको सबै ऋण तिर्छु तर ब्याज तिर्दिन ‘

मनिषा थापा

मुम्बई  :   विभिन्न  बैंकबाट ऋण लिएर देशबाटै फरार भएका भारतका उद्यमी विजय माल्याले  बैंकको ऋण भुक्तान गर्न तयार रहेको समाजिक सञ्जाल ट्वीटमार्फत बताएका छन् ।

उनले कयौं बैंकहरुको नौ हजार करोड भारु रकम ऋण लिएर फरार भएका थिए । उनले ट्वीटमा बैंकको ऋणमात्र फिर्ता गर्ने तर व्याज भने नतिर्ने बताएका छन् ।

आफ्नो व्यावसाय टाट पल्टेपनि आफु सबै बैंकहरुको ऋण तिर्न तयार रहेको जनाउँदै बैंकहरुलाई साँवामात्र लिईदिन आग्रह गर्दै ‘प्लिज टेक ईट’ भनेका छन् । सबै बैंकहरुलाई साँवा मात्र तिर्न आफु तत्पर रहेका बताउँदै यसका लागि उच्च अदालतमा अपिल गरेको पनि बताएका छन् ।

सञ्चालन गरेका किङ फिसर तीन दशकसम्म भारतमा व्यावसाय गर्दै नाम चलेको ब्राण्डको रुपमा स्थापीत भएको र यसले भारत सरकारलाई हजार करोड भारु राजश्वसमेत तिरेको स्मरण गराएका छन् ।

किङफिसर एयरलायन्सले पनि सरकारलाई राम्रै साजश्व तिरेको थियो । तर एयरलायन्स डुब्न पुग्यो । यसमा उनले दुख व्यक्त गरेका छन् ।

विभिन्न बैंकबाट ऋण लिएर व्यावसाय गरेका माल्या आफ्नो व्यावसाय टाट पल्टेपछि ऋण तिर्न नसक्दा भारत छाडेका थिए। उनी हाल लण्डनमा बसोबास गर्दै आएका छन्। उनलाई भारत सुपुर्दगी गर्नेबारे त्याहाँको अदालतमा सुनुवाई चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । माल्यालाई करिब नौ हजार करोड भारु खाएको आरोप लागेको छ ।

प्रतिक्रिया