प्रधानमन्त्री फोटोकाण्डमा पक्राउ परेका १७ वर्षीय कृष्ण भन्छन, ‘बलात्कारी समात्न नसक्ने प्रहरी आफैं नियम टेर्दैन’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर  :  प्रधानमन्त्री केपी ओलीको तस्बिर सामाजिक संजालमार्फत शेयर गरेका कारण कार्तिक २० गते पक्राउ परेका नेवीसंघका कार्यकर्ता कृष्ण ढकाल जेलबाट छुटेका छन्।

पक्राउ परेका ढकालले कुकुर तिहारको दिनमा ओलीको फोटोमा कुकुरको टाउको जोडेर अरुले हालेको तस्बिर शेयर गरेका थिए।

उनलाई ११ दिनसम्म हिरासतमा राखिएको थियो। उनलाई घरमा काम गरिरहेको अबस्थामा प्रहरीले कुकुर तिहारको साझ पक्राउ गरेको थियो। त्यसपछि नेवीसंघका अन्य कार्यकर्ताहरुले विरोध गर्दै आन्दोलन, पुत्ला जलाउने देखि दुई दिन काभ्रेका स्कुल बन्द समेत गरेका थिए।

१२ कक्षामा अध्ययनरत कृष्ण भन्छन, ‘मैले विहान ८ बजेतिर फोटो देखेर लाईक गरे तर श्येर भने झुक्किएर भएको हो जुन पछि देख्नासाथ डिलेट गरे। तस्बिर शयेर गरेको भरमा तिहारको मुखमा घरमै गएर समातियो। मलाई साईबर क्राईमको नियम थाहाँ थिएन जुन जेल पुगेपछि थाहाँभयो।’

उनलाई घरमा फुल टिपिरहेको बेलामा प्रहरीले घरमै गएर पक्राउ गरेका थिए। उनले आफु जन्मजात नै कांग्रेस र नेवी संघका अध्यक्ष भएका कारण आफुलाई फसाइएको आरोप लगाएका छन्।

उनले भने, ‘निर्मलाका बलात्कारी अहिलेसम्म सरकारले पक्राउ गर्न सकेको छैन। तर मैले एउटा तस्बिर शेयर गरेको भरमा थुनिए। मैले शेयर गरे गल्ति भयो तर अरु पोष्ट र शयर गर्नी व्यक्तिहरुलाई समातिएको छैन। मलाई पक्राउ गर्ने यो राजनीतिक पार्टीको चलखेल हो।  संचारमन्त्रीले काभ्रेका जिल्ला प्रहरीलाई पक्राउ गर्ने धम्की दिएका कारण  आफु पक्राउ परेको ढकालको आरोप छ।

१७ वर्षीय नाबालकलाई जेल चलान गर्ने नियम नै छैन तर आदेशका कारण बाध्य भएर प्रहरीले पक्राउ गरेको बताए । उनले भने, ‘मलाई हतकडी लगाईयो जुन नियम विपरित छ। प्रहरीले आफ्नै नियम आफै निभाउदैन।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू