बाबु र छोरा शारीरिकरुपले अशक्त ‘आमाले दिनको दुईसय कमाउछिन’ यो परिवारको यस्तो बेहाल [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  भीमसेन खतिवडा आज भन्दा ९ वर्ष देखि शारीरिक रुपले अस्वस्थ छन्। उनलाई पेट देखि सास फेर्न गाह्रो हुने, ढाड र कम्मरसमेत दुख्ने समस्या छ। उनी राम्ररी हिड्डुल गर्न पनि सक्दैनन।

काभ्रेको लुबा गाउँमा बस्ने भीमसेनको घरको आर्थिक अबस्था निकै नै कमजोर छ। उपचार गरी रोग पत्ता लगाउन समेत उनीसँग पैसा छैन । उनको श्रीमतीले मेलापात गरेर छाक टारीरहेकी छिन्।

५० वर्षीय भीमसेनका श्रीमती र ३ छोरा छन्। उनी मात्र हैन उनका जेठा छोरा समेत् शारीरिक रुपले अशक्त छन्। उनका जग्गाको नाममा एक घडेली थियो जुन एक संस्थाले बस्ने घर बनाई दिएका छन्। आम्दानी स्रोत केहि नभएका कारण उनले उपचार पाएका छैनन। भीमसेन भन्छन, ‘अरुले खाएको लाएको देख्दा रुन मन लाग्छ। आफु पनि निरोगी भए आर्थक अभाव झेल्नु पर्ने थिएन।’ उनकी श्रीमतीलाई ज्यालादारी गरेर आफ्नो परिवार पाल्न निकै धाउ धाउ परेको छ।

सरकारबाट पाउने अशक्तहरुको लागि व्यबस्था गरिएको भत्ता पनि उनले पाउन सकेका छैनन्। उनी भन्छन, ‘आफु हिड्न सक्दिन, हाम्रो कुरा कसले सुन्ने, बुद्धिजीवीलाई हामीले भत्ताका लागि पहल गरे पनि हुन्छ भनेर मात्र टार्छन। उपचारको लागि सहयोग पाए अझै ८, १० वर्ष बाचेर कुल्ली काम भए पनि गरेर परिवार पाल्ने थिए।’ उनले भावुक हुँदै सहयोगको लागि अपिल पनि गरेका छन्।

भीमसेन खतिवडालाई सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुले उनको मोबाइल नम्बरमा सपर्क गरी सहयोग गर्न सक्नु हुनेछ। उनको सम्पर्क नम्बर ९८४९३४८७९८ रहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू