काठमाडौँ, १९ मङ्सिर :कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामाथि अनुसन्धान गर्ने क्रममा एक जना शंकास्पद व्यक्तिलार्इ अनुसन्धान टोलीले पक्राउ गरेकाे छ ।
स्रोतका अनुसार शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेको हो । मंगलवार पक्राउ परेका उनिमाथि डीएनए परीक्षण गरिने प्रहरी स्रोतले जनाएको छ । युवक यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको अनुसन्धानमा खटिएको ब्यूरोले जनाए। कञ्चनपुर घर भएका उक्त युवकको प्रहरीले परिचय खुलाएको छैन।
पन्तको घटनापछि कञ्चनपुरमा नदेखिएको युवक भारत गएको बयान परिवारका सदस्यले प्रहरीलाई दिएका थिए ।डीएनए रिपोर्ट नआएसम्म युवक हिरासतमा रहने स्रोतले जनाएको छ ।