ठमेलबाट बालकसहित पक्राउ परेका एक विदेशीलाई ७ बर्ष कैद

admin

काठमाडौँ, २० मङ्सिर : बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए । बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए । ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गतै पिटविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो ।

प्रतिक्रिया