रिलिजको तयारीमा रहेको “कपुरी क” लाई पिजि सर्टिफिकेट

शर्मिला गुरुङ

काठमाडौँ, २१ मङ्सिर  :  गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र “कपुरी क” लाई चलचित्र जाचपास समितीले पिजि सर्टिफिकेट प्रदान गरेको छ ।

चेत बहादुर सिंह राजा प्रस्तुतकर्ता रहेको उक्त चलचित्रको निर्देशन थुप्रै चेतनामुलक टेली चलचित्रहरु निर्देशन गरेर आफ्नो छुट्टै छवी बनाइसकेका कलाकार तथा निर्देशक सबिन बास्तोला ‘गिरधारी’ ले गरेका हुन् । स्पेन निबासी कलाकार प्रकाश तिवारीले यसै चलचित्र मार्फत डेब्यु गरेका छन् । छिट्टै दर्शक माझ रिलिज गर्ने तयारी रहेको यो चलचित्रलाई छायांकन बेला देखिनै प्रचार प्रसारमा तीव्रता दिइदै आएको छ।

प्रतिक्रिया