नेपाली ढाका कपडा र ह्याण्डीक्राफ्टको उद्योगबाट महिनामै ५ लाख भन्दा बढी आम्दानी गर्दै यी व्यवसायी [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  जङ्गलमा खेर गइरहेको विभिन्न जडिबुटीहरुलाई प्रशोधन गरेर कपडा तथा व्यागहरु उत्पादन गर्ने उद्योग स्थापना भएको छ।

विगत ८ वर्ष देखि संचालनमा रहेको बन्दना कपडा तथा ह्याण्डीक्राफ्टको उद्योगमा जुत्ता, ज्याकेट, विभिन्न थरीका ब्यागहरु पाइन्छन ‘जुन मेड इन’ नेपालको ट्याग लगाइएको छ। यहाँ उत्पादन भएका वस्तुहरु विभिन्न देशमा निर्यात गरिन्छ जसले नेपाललाई चिनाउने काम गरिरहेको छ। वन्दना ह्याण्डीक्राफ्ट उद्योगमा  वस्तु उत्पादनका लागि कच्चा पदार्थहरु रुकुम, रोल्पाको जङ्गलबाट ल्याईन्छ।

यी उद्योगकर्मी भन्छन, ‘विश्वबजारमा नै प्रकृतिबाट बनाइएको वस्तुहरुको अत्याधिक माग रहेको पाइन्छ। बढी जस्तो अस्ट्रेलिया लगायत युरोपिएन देशहरुमा खपत हुने गर्छ। नेपालमा अलि महँगो हुने भएकाले विदेशमा भन्दा स्वदेशमा विक्री कम हुन्छ।’

यस उद्योगकाका व्यवसायीका अनुसार, मासिक ४, ५ लाख आम्दानी हुन्छ। राम्रा कपडा प्रसोधनका लागि प्रविधिको अभाव रहेको छ जुन सरकारसमक्ष पहल गरे पनि कुनै वास्ता भएको छैन। उनी भन्छन, ‘राज्यले यस्ता प्रविधीमा ध्यान पुराए धेरै नागरिकले रोजगारी पाउने, हातबाट बनाउँदा धेरै समय लाग्ने मेसिन भए काम निकै छिटो र छरितो हुने र  विश्वबजारमा बढी भन्दा बढी माग हुने सम्भावना प्रबल छ।’बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू