फेरि घट्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं, २१ मंसिर  :  बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ ।

बिहीबार भने छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ५८ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको भाउमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला ७१५ रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिक्रिया