कलाकारिता क्षेत्रमा पाइला चाल्दै चन्दा

शर्मिला गुरुङ

काठमाडौँ, २१ मङ्सिर : अहिले नेपाली कलाकारिता क्षेत्रमा नयाँ प्रतिभाहरुको आगमन निकै बढेको छ। ति प्रतिभाहरु मध्येकी एक हुन् तेह्रथुम जिल्लाको सोल्मुमा जन्मेकी चन्दा लिम्बु । गाउँ मै बसेर दस कक्षा पास गरेकी उनी उच्च शिक्षा हासिल गर्न झापा झरेकी थिइन् । १२ कक्षा पास गरेर उनी स-परिबार भारतको देहरादुन तिर लागिन। करिब १३ बर्ष भारत बसाइको क्रममा उनले ७ वर्ष भोकल र संगीत सिकेकी थिईन।

हाल नेपालमा कला क्षेत्रमा कृयाशिल चन्दाले सुधन धितालको हास्य टेलिफिल्म ‘चुरिफुरी’मा अभिनय गरिरहेकी छिन। उनको स्वरमा रेकर्ड भएको एउटा गीत केही समयपछि रिलिज समेत हुदैछ । भविष्यमा गायन र अभिनय दुबैलाई सँगै लाने उनको बिचार छ।

प्रतिक्रिया