यौन शोषण आरोपमा गायक मीका सिंह पक्राउ

admin

भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ । ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यम अनुसार युवती ब्राजीलियन मोडल रहेको बताइएको छ ।

मीकालाई बुधबार राती तीन बजे दुबई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित किशोरीले मीकामाथि अश्लील तस्वीर पठाएको आरोप लगाएकी छन् । सांगीतिक कार्यक्रमका लागि मीका दुबई गएका थिए । दुबई प्रहरीले मीकालाई हिरासतमा लिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
-एजेन्सी

प्रतिक्रिया