‘गुणस्तरीय खाद्य वस्तु उत्पादनमा आत्मनिर्भर तुल्याइने’: राज्यमन्त्री चौधरी

admin

इटहरी, २१ मङ्सिर : कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले गुणस्तरीय एवं स्वस्थ खाद्य वस्तु उत्पादनमा आत्मनिर्भर तुल्याउन सरकार आवश्यक नीति ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।

खाद्य तथा गुण नियन्त्रण विभागले आयोजना गरेको तीन दिने खाद्य मेलाको आज यहाँ उद्घाटन गर्दै उहाँले देशभित्रै गुणस्तरीय र स्वस्थ खाद्य वस्तु उत्पादन तथा त्यसको वितरणमा विशेष योगदान पु¥याउने ठोस नीतिका साथ सरकार अगाडी बढेको जानकारी गराउनुभएको हो । उहाँले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारको उद्देश्य अनुरुप विभागले आयोजना गरेको सो मेलाबाट ज्ञान लिन सर्वसाधारणलाई आग्रहसमेत गर्नुभयो ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको अध्यक्षतामा शुभारम्भ भएको पोषिलो खाद्य मेलामा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शैलेष विष्ट तथा घरेलु महासङ्घका सुनसरी अध्यक्ष राजेन्द्रकेशरी घिमिरे र खाद्य प्रविधि कार्यालयका प्रमुख प्रमोद कोइरालालगायतले बोल्नुभएको थियो । उक्त मेलामा विविध जातिका सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने कार्यक्रम छ ।
-रासस

प्रतिक्रिया