गायक बृद्धिकृष्ण लामिछाने सिकिस्त विरामी, आइसियु वार्डमा भर्ना

admin

काठमाडौँ, मंसिर २३ : गायक बुद्धिकृष्ण लामिछाने सिकस्त विरामी परेका छन् । विगत लामो समयदेखि प्रेसर र पक्षघातबाट थलिएका गायक लामिछानेको अहिले वीर अस्पतालको आइसियु वार्डमा भर्ना भएका छन् । उनको त्यहाँ उपचार भइरहेको समाजसेवी विनयजंग बस्नेतले जनाए । उपचार खर्च अभावका बाबजुत विगत आठ बर्षदेखि पक्षघात र सुगर रोगसँग संर्घष गर्दै आइरहेका छन् ।

पीडिमा बसेर मेरै बाटो हेरेर बुढी आमा रुदि हुन मलाई सम्झेर जस्ता कालजयी गीत गीत गाउने लामिछानेका लागि आफ्नै आँगन परदेश बन्न पुगेको लामो समय भइसक्यो । कुनै समय रेडियो नेपाल र नेपाली सेनाको जागिरेसमेत रहेका लामिछानेको यस्तो दयनीय स्थिती हुँदा समेत राज्यबाट कुनै सहयोग पाउन नसकेको उनको परिवारले जनाएको छ । लामिछानेको यस्तो स्थिती हुँदा समेत उनले कुनै चलचित्रकमी तथा कलाकारहरुको संघ तथा संगठनबाट सहयोग पाउन सकेका छैनन् ।

प्रतिक्रिया