हरेक निर्वाचनमा अजेन्डा बन्ने चक्रपथ सधैँ अलपत्र

admin

इटहरी, मंसिर २३ : हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। यो समाचार आजको नागरिक दैनिकमा छ । सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्।

विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक भए पनि सम्पन्न भएको छैन। विराटनगर आसपासका क्षेत्रलाई समेत समेट्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणाअनुरूप निर्माण सुरु गरिएको चक्रपथ सरकारी बेवास्ताले अलपत्र परेको छ।

हरेक वर्ष बजेट भाषणमा अर्थमन्त्रीहरूले विराटनगर चक्रपथ निर्माणलाई प्राथमिकतामा राखे पनि व्यवहारमा त्यसो हुन सकेको छैन। दुई दशकपहिले सरकारले विराटनगर चक्रपथलाई नमुना आयोजनाका रूपमा बनाउने योजना ल्याएको थियो। चक्रपथ आसपास एक सय मिटर जग्गा लिएर प्लानिङ गरी नमुना र व्यवस्थित सहर बसाउने योजना छ। योजनाअनुसार चक्रपथ आसपास एक सय मिटर जग्गा बेचबिखनमा रोकसमेत लगाइएको छ। तर, सरकारको योजनाअनुसार न त चक्रपथ निर्माण भयो न त बस्ती बसाउने जग्गा नै प्लानिङ गरियो।

प्रतिक्रिया