भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय: संसद्लाई थाहै छैन

admin

काठमाडौँ, २३ मङ्सिर :सरकारले संघीय संसद्सँग सहमति नलिई उसका नामको जग्गामा मन्त्री निवास बनाउने निर्णय गरेको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मन्त्रिपरिषद् बैठकले मन्त्री निवास बनाउने निर्णय गरेको भैंसेपाटीस्थित १ सय ४९ रोपनी ४ आना जग्गा संसद् सचिवालयको नाममा छ ।

‘मसँग कुनै सल्लाह भएको छैन, एकाएक यो निर्णय सुनें,’ सभामुख कृष्णबहादुर महराले भने, ‘यो निर्णयप्रति सांसदले पनि आपत्ति जनाएका छन् । यदि यो ठाउँमा अरूका लागि आवास बनाउने हो भने सांसदका लागि अर्को विकल्प दिनुपर्‍यो । विकल्प हुँदैन भने त्यहाँ सांसद आवास नै बन्नुपर्छ ।’

प्रतिक्रिया