अशोक दर्जीको दोस्रो गीत ”चौरीको चाम्रो छुर्पी”को शुटिङ धमाधम हुँदै, कसलाई देखेर मख्ख परे अशोक [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  : अशोक दर्जी पछिल्लो समय गीत गाएरै सामाजिक सञ्जालमा भाईरल बनेका बालक हुन् । एउटा फिल्मको सुटिङको क्रममा एकजना क्यामराम्यानले उनको गायकी मन पराएर फेसबुक लाइभ गरेका थिए त्यही भिडियो भाइरल भएर अशोक दर्जी सबैमाझ चिनिए ।

काठमाडौ ल्याउने देखि गीत रेकर्डिङका लागि सबै खर्च आफै बेहोरेर चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले अशोकलाई यहाँ सम्म पुर्याएका थिए। ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ भन्ने गीत रेकर्ड गराए र त्यो गीतले सबै दर्शकको मन जित्न सफल मात्र भएन नेपालमा सबै गितको रेकर्ड तोड्दै नयाँ रेकर्ड राख्न पनि सफल भयो ।

अब फेरी उनी अर्को गीत ल्याउने तयारीमा छन्। अशोक दर्जीको दोस्रो गीतको सुटिङ्ग धमाधम भईरहेको छ। ”चौरीको चाम्रो छुर्पी” बोल गीतको शुटिंग लगभग अशोक र टंकले पुरा गरिसकेका छन् । उक्त भिडियोमा ५० जना कोरस डान्सर राखिएको छ भने कोरियोग्राफी चर्चित कोरियोग्राफर कबिराज गहतराजले गरेका छन् । गीतमा टंकका साथै उनका छोरा एआर बुढाथोकी र अशोक दर्जी पनि देखिनेछन् । अब हेरौँ अशोकको दोस्रो गीतले दर्शकमाझ कत्तिको लोकप्रिय बन्नेछ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू