राजधानीको पेप्सीकोलामा भेटियो अनौठो पसल जहाँ पाइन्छ सस्तो तथा गुणस्तरीय अर्ग्यानिक खाद्यवस्तु [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  नेपालका विभिन्न भू-भागमा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले राजधानीको पेप्सीकोलास्थित मनोज अधिकारीले कोसेली घर खोलेका छन्। जुन स्टोरलाई अर्ग्यानिक फुड सप भनेर चिनिन्छ।

अहिले विश्वभरी जताततै अर्ग्यानिक खाध्यवस्तुको माग बढ्दो छ। त्यसलाई ध्यानमा राखेर यस कोशेली घर स्थापना गरिएको यहाँका संचालक मनोज अधिकारी बताउँछन। यहाँ इलामका घ्यु, छुर्पी, चियापती, हुम्लाका सिमिको दाल, झापाको आलस, देखि भकुन्डे वेसिको तेलसमेत पाइन्छ।

इलामका मनोजले १० लाखको लगानीमा विगत ४ महिना अघि खोलेको कोसेली घरबाट  महिनामा ५०, ६० हजार आम्दानी गर्दछन।  नेपाली खाद्यबस्तु तथा नेपाली कला र सस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न दैनिक उपभोग्य सामाग्रीहरु उक्त कोसेली घरमा राखेको संचालकको भनाई छ।

उनले नेपालका युवाहरुलाई विदेशमा पसिना बगाउनुभन्दा नेपालमै आफ्नो सिप अनुसारको काम गर्न विनम्र अनुरोध गरेका छन्। उक्त कोसेली घरमा सस्तो र गुणस्तरीय सामग्री पाइन्छ । बाँकी हेर्नुहोस भिडियोमा……

प्रतिक्रिया

सम्बन्धित समाचारहरू