ह्वात्तै बढ्यो सुनको भाउ

मनिषा थापा

काठमाडौं  :  साताको पहिलो दिन आइतबार पनि सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ५८ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन आइतबार पाँच सय रुपियाँले बढेर प्रतितोला ५९ हजार रुपियाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति १० ग्राम पचास हजार पाँच सय ८५ रुपियाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको बृद्धिका कारण आन्तरिक बजारमा पनि बृद्धि आएको हो ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रति औंस एक हजार दुई सय ३८ डलर भएको सुन आइतबार बढेर प्रति औंस एक हजार दुई सय ४९ डलर पुगेको छ । साताको पहिलो दिन आज (आइतबार) चाँदीको मूल्यमा भने सामान्य बृद्धि भएको छ ।

 

प्रतिक्रिया