क्याटरिनाको विवाहबारे यस्तो सपना !

मनिषा थापा

फिल्म ‘जिरो’ को प्रोमोशनमा व्यस्त रहेकी कैटरीना कैफले आफ्नो विवाह र बच्चाबारेको योजना खुलेर सुनाएकी मिडिया सामु पोखेकी छिन् ।

कैटरीनाले मिडियासँग कुरा गर्दै भनिन्, ‘केही समय अघि मेरो दिमागमा विवाहको कुरा थियो । त्यस समय परिस्थिती मेरो अनुकूल थिएन । त्यस समय मैले सबै कुरा भगवानमाथि छोडिदिएकी थिए । जुन पहिलेदेखि नै तय भएको छ त्यो गर्नुपर्छ । अब यी चिजलाई लिएर कुनै तनाव हुँदैन मलाई ।’

कैटरीनाको नाम यस अघि नै सलमान खान, रणवीर कपुरसँग जोडिएको छ । सलमान र कैटरीनाले आफ्नो सम्बन्ध त कहिल्यै आधिकारिक रुपमा स्वीकार गरेनन् तर उनीहरुबीच २००९ मा अलग भएको बताइन्छ । सलमानसँग अलग्गिएपछि रणवीरसँग जोडिन पुगेकी कैटरीनाको रणवीरसँग पनि २०१६ को क्रिसमस आसपास ब्रेकअप भएको थियो ।

तर यस समय उनी आफ्नो रिलिज हुन लागेको फिल्म ‘जिरो’ को प्रोमोसनमा व्यस्त छिन् । उनको जिरो फिल्म आगाडी डिसेम्बर २१ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू