बेपत्ता सार्कीको शव फेला

admin

बेझाड, २३ मङ्सिर : रामपुर नगरपालिका–९ जब्गादीका ६४ वर्षीय प्रेमबहादुर सार्की मृत फेला परेका छन् ।

सार्की मङ्सिर १३ गतेदेखि बेपत्ता थिए । सार्कीको शव आज पूर्वखोला गाउँपालिका– १ सिलुवा नजिकैको खोलामा भेटिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंहले जानकारी दिनुभयो । उनी घरबाट मेगा बैंक बेझाड जान भनी हिँडेका थिए । घटनाबारे अनुसन्धान भइरहेको सिंहले बताउनुभयो ।
-रासस

प्रतिक्रिया