‘भ्रष्टाचारविरुद्ध जागरुकता जरुरी’ :सभामुख घर्ती

admin

रुपन्देही, २३ मङ्सिर : प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले भ्रष्टाचारविरुद्ध जागरुकता जरुरी रहेको बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणबिना देशको विकास सम्भव नभएकाले नियन्त्रण जरुरी भएको उहाँले बताउनुभयो । भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आज बुटवलमा पारदर्शी सरोकार समूहले आयोजना गरेको कार्यक्रममा सभामुख घर्तीले भ्रष्टाचार नियन्त्रणको शुरुआत आफैबाट गर्नुपर्ने बताउनुभयो । “राजनीतिकर्मीले भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरीले मुलुकमा सुशासन र पारदर्शिता जरुरी रहेको बताउनुभयो । अस्थिरताको फाइदा उठाएर समाजमा भ्रष्टाचार गर्ने बढेको भन्दै उहाँले अबका दिनमा त्यस्तो परिपाटीको अन्त्य हुँदै जाने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पारदर्शी सरोकार समूहका अध्यक्ष महेन्द्र पाण्डेलगायतले भ्रष्टाचारमुक्त समाज आजको आवश्यकता भएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया