‘मेयरसाप कार्यालयअगाडि ढल फुटेको देख्नुभएन ?’

admin

काठमाडौँ , मंसिर २४ : काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शनिबार बिहान रत्नपार्कमा कुचो लगाएर ‘विशेष सरसफाइ अभियान’ सुरुवात गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उनी अभियानमा हौसला थप्न आएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाासेठ , उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत ले सरसफाइको कार्यक्रम गरे । तर, काठमाडौ महानगरपालिकाको बागरबार कार्यालयदेखि उत्तरतर्फ डेढ सय मिटर अघि हिँडेपछि पुगिन्छ – सुन्धारको नेपाल टेलिकम कार्यालयको कार्यालय । उक्त कार्यालय अगाडि ढल फुटेको बर्षौ भइसक्यो । तर, यसलाई न महानगरपालिकाले देखेको छ न त टेलिकमले नै जसका कारण यात्रु दर्गन्ध सहन बाध्य छन् ।

‘मेयरसा’बले मन्त्री नै ल्याएर सरसफाइ अभियानको शुभारम्भ गर्नुभयो । तर, आफ्नै कार्यालय अगाडि छेउमै ढल फुटेको देख्नुभएन,’ सुन्धाराका राकेश श्रेष्ठले भने , काला सिसा भएको गाडी चढेर नदेखेको हो कि ?’

प्रतिक्रिया