बाह्र वर्षीय बालक शङ्कास्पद अवस्थामा मृत फेला

शर्मिला गुरुङ

कञ्चनपुर, २४ मङ्सिर : कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् ।

स्थानीबासी खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो । बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिनुभयो ।

विवेकको कानबाट रगत बगेको, आँैलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ, उहाँले भन्नुभयो, “शव शङ्कास्पद फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ ।”

बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको बारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया