अत्याधिक लागुपदार्थ सेवनका कारण इकुको जस्तै अनुहार भएको यी व्यक्तिको दाबी, र्यापबाटै यसरी दर्शाउछन् आफ्नो पिडा [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : माकालबारी बस्ने राजु लामालाई सबैले ‘इकु’ भनेर चिन्ने गर्छन। उनलाई झट्ट हेर्दा इकु जस्तै देखिन्छ। अत्याधिक मात्रामा लागुपदार्थ सेवन गरेका कारण उनको अनुहार इकुको जस्तो भएको हो। उनले जीवनमा आफुले भोगेको पिडाहरुलाई र्याप गीतहरुमा उतार्ने गर्दछन।

उनको जीवनको कहानी निकै दयानीय छ। उनको पुर्ख्याली घर साखुमा छ। उनी सानै हुँदा उनका बाबुआमा भगवानको प्यारो भए। बाबुआमाको साथ् नभएपछि उनी एक्लै परे। त्यसपछि उनले आफ्नो पेट पाल्नको लागि होटेलमा काम गर्न थाले।

होटेलमा काम गर्दा गर्दै उनी वानेश्वरस्थित एक एन जी ओंमा बस्न थाले। त्यहाँ आएका अमेरिकाका एक पत्रकारले उनलाई पढाउन पोखरा लगे। त्यसपछि उनका भाग्यको ढोका खुल्यो तर उनले त्यस ढोकाको सदुपयोग गर्ने सकेनन्। त्यहाँ उनले होस्टेलमा बसेर पढे। त्यहाँ उनके प्लाम्बिंगबारे अध्धयन गरे र पछि काठमाडौँ त्यही सिप लिएर आए।

काठमाडौँ आएपछि उनको सङ्गत राम्रो भएन। विगतका दिन सम्झिदै भने, ‘साथीले दुख विर्सिन्छ यस्तो खाँदा भने, त्यही कुरामा लागेर चुरोट तान्ने, गाँजा खाने गर्दा गर्दै ड्रग्स पनि खाने गरे।’ उनी दिदिभिनाजुसँग बसे तर यस्तो लागुऔषधमा फसेको कारण उनलाई त्यहाँबाट निक्लिनु पर्यो।

”म संग नागरिकता पनि छैन। भाडा माझेर खान पनि नागरिकता चाईन्छ। मेरो बोल्ने मानिस कोहि छैन।”,उनले भने। उनी अहिले सार्वजनिक यातायातमा सहचालकको काम गर्ने गर्छन। उनले हालै विवाह पनि गरेका छन्। उनी दिनभरी सहचालकको काम गरेर ल्याएको पैसाले नसालु पदार्थ, जाड रक्सी खाएर नै सकाउछन्। उनको अनुसार, उनले श्रीमतीलाई हप्तामा ५ ६ सय रुपैया दिने गर्छन। उनी ३० वर्षीय भए पनि आफ्नो परिवारप्रति जिम्म्बार देखिदैनन।

उनले आफु पुरै सुध्रिन चाहेको बताए। उनी भन्छन, ‘म पहिलाको भन्दा कम खान्छु। मलाई यस कुलतबाट छुट्टाउने सहयोगीको खाँचो छ।’ 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू