न्यायाधीशको श्रीमती भएर पनि म एक निर्दोष महिलामाथि यति ठूलो अन्याय भयो : ललिता राउत [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

भक्तपुर : सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी श्रीमती ललिता राउतले शनिबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गरेर श्रीमानबाट अन्याय खेप्नु परेको खुलासा गरेकी हुन।

उनले भनिन्, ‘म ललिता राउत हुँ, २०६१ मंसिरमा मेरो विवाह भएको थियो, एउटी महिलालाई विवाहपछि बच्चा हुनुपर्छ भन्ने ठूलो चाहना हुन्छ, त्यो चाहनाबाट बञ्चित बनाईयो, मलाई बच्चा चाहियो भने, उहाँ भरे साँझमा घरमा आउनुहुन्थ्यो, मैले आफ्नो कुरा राख्थे, जहिले पनि पाटी, मिटिङ यस्तै यस्तै भनेर समय बिताउनुहुन्थ्यो ।’

उनले अघि थपिन्,‘बच्चाकोबारेमा दाजुभाउजुसँग कुरा गरें, उहाँहरुले मान्नुभएको थिएन । तर, पछि बल्लतल्ल मान्नुभयो, दुःख गरेर बच्चा माँगे, हुर्काए केही समयपछि बच्चाको जन्मदर्ता गराउँनुपर्ने भयो, त्यसमा आमाको नाम, बाबुको नाम चाहिनेभयो, त्यसबेला मैले बाबुको नाम प्रकाशमान सिंह राउत र आमा ललिता कुमारी राउत नाम दिएँ ।’

राउतले भनेकी छिन्, ‘यो घट्नाको विषयलाई व्यवस्थापिका संसदमा पनि बहसको विषय बनाउन म विन्रम अनुरोध गर्दछु, महिलामाथि यति ठूलो जालझेल र षड्यन्त्र भएको छ, यसको कारण के हो ? एउटा श्रीमतीले श्रीमानबाट पाउनुपर्ने कर्तव्य र अधिकार के हो ? यो प्रश्नको उत्तर दिनुपर्दैन होला, मेरो श्रीमानबाट श्रीमतीले पाउनुपर्ने सामाजिक दायित्वबाट निक्कै समय अगाडिदेखि बञ्चित छु, र बिनाकारण म र मेरा आफन्तहरुलाई हिरासतमा लिने, मानसिक यातना दिनेजस्ता घृणित कार्यहरु भैरहेका छन् ।’

न्याय माग्दा आफ्नो पदीय शक्तिको दुरुपयोग गरी सरकारका निकायलाई गलत प्रयोग गर्न लगाई आफू र आफ्ना दुईजना दाजु भाउजुसहितलाई २२ दिनसम्म ईलाका प्रहरी कार्यालय कटारीको कष्टडीमा किन राखियो ? भन्दै उनले प्रश्नसमेत गरेकी छिन् ।

 छानविन गरि कानूनको दुरुपयोग गरि गलत अर्थ लगाई थुन्न लगाउने र सो कार्यमा संलग्न रहेकाहरुलाई निलम्वन गर्नसमेत उनले माग गरेकी छिन् । उनले यसबारे तत्कालै छानविन समिति गठन गरियोस भन्दै माग राखेकी छिन् । उनले भनिन्,‘यस गम्भिर घटनाको वास्तविकतालाई बाहिर ल्याउनेको लागि विन्रम अुनरोध गर्दछु ।’

कार्यक्रममा ललिताका दाजुहरु बाबुराम चौहान, शिवशंकर चौहान र भाउजु बुनु चौहानले आफूहरुलाई बिना गल्ती फसाईएको र हिरासतमा राख्ने काम भएकाले छानविनसँगै न्यायको माग गरेका छन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया