आगलागीकाण्ड थप शंकास्पद बन्दै : मृतकका पिता भन्छन्, ‘मेरो छोरा र उसको परिवारलाई हात र मुख बाँधेरै आगो लगाइयो’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : झापाको शिवसताक्षी नगरपालिका ७ लालझोडामा एकै परिवारका चार जनाको
मङ्सिर ९ गतेको मृत्यु भएको थियो। लक्ष्मण खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा अचानक आगलागी भएका कारण शो घटना घटेको हो। 

आगलागीमा परी ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको थियो ।

ट्याक्टरको लागि राखिएको डिजेलले गर्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए पनि अझसम्म वास्तविक कारण भने खुल्न सकेको छैन।

रामकृष्ण खनालका ५ छोरा मध्य साइला छोरा थिए मृत्यु हुने ३६ वर्षीय लक्ष्मण खनाल। उनका छोराको कहिले पनि कोहिसंग झगडा भएको अहिलेसम्म नसुनेको उनका पिताले बताए । रामकृष्ण खनालले आफ्नो छोराका परिवारको कसैले षड्यन्त्र गरेर घटना घटाईएको आरोप लगाए। उनको अनुसार, छोरा र नातिनीसँग घटना घट्नुको ठिक आधा घण्टा अघि फोनमा कुरा भएको थियो । 

उनी घटनास्थलमा पुग्दा दमकलले आगो निभाउन कोसिस गरिरहेका थिए। आफै आगोलागी भयो भन्ने कुरा गलत रहेको बताए।  उनले भने, ‘आगो एक ठाउँबाट लाग्छ चारै तिरबाट लाग्दैन। आगो लाग्दा चिचाएको आवज पनि कसैले सुनेनन्। यसकारण मलाई लाग्छ मेरो छोरा, बुहारीको मुख र हात बाधेर आगोलगाई हात्या गरिएको हो।’

उनले अहिलेसम्म त्यस घट्नास्थललाई जस्ताको तस्तै राखेका छन्। उनले मिडियामार्फत सरकारलाई यस घटनाको सत्य चाडो भन्दा चाडो पत्ता लगाई दिन अनुरोध गरेका छन्। यो घट्ना   थप शंकास्पद बन्दै गएको छ । बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू