संविधान कार्यान्वयनमा लाग्न आग्रह

admin

मेलम्ची, २४ मङ्सिर: नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको संविधान कार्यान्वयन गर्न सबैले लाग्नुपर्ने बताउनुभएको छ ।

मेलम्ची नगरपालिका–१ भोटेचौरमा आज ‘समाजवाद उन्मुख नमुना वडा’ अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधान कार्यान्वयनको बुँदागत रुपमा व्याख्या गर्नुभएको थियो । उहाँले आफू प्रधानमन्त्री हुँदा बनाएको दक्षिण ढोका, काउले दोबान सडकखण्डको बाटो मर्मत गर्नुपर्ने बताउनुभयो ।

उहाँले विकास निमार्णको काममा सरकारलाई साथ दिन सबैलाई आग्रह गर्नुभएको छ । मेलम्ची नगरपालिका–१ का वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललगायतको उपस्थिति थियो
-रासस

प्रतिक्रिया