अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा सार्वजनिक बिदा

admin

न्होमपेन्ह, २४ मङ्सिर : कम्बोडियामा सोमबार ७०आँै मानव अधिकार दिवस मनाइएको छ । दक्षिणपूर्वी एशियाली यस राष्ट्रमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।

देशका विभिन्न भागमा यस दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा हजारौँ व्यक्तिको सहभागिता रहेको जनाइएको छ । आफ्नो फेसबुक पेजमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले यस दिवसका अवसरमा बधाई तथा शुभकामना दिनुभएको छ ।

कम्बोडियाको सरकारले सबै जनताको मानव अधिकार र स्वतन्त्रतालाई बचाउ गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्वतन्त्रताको अधिकारबाट जनता स्वतन्त्र हुने र यसबाट उनीहरुको स्वतन्त्र भएर बाँच्ने अधिकार, धार्मिक अधिकार र नेता छान्ने अधिकारसमेत स्वतन्त्र हुन सेनले बताउनुभएको छ । सरकारले जारी राखेका शान्तिका प्रयासमा सहभागी हुनका लागि पनि हुन सेनले आफ्ना देशको नागरिकलाई आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया