स्थानीय तहसँग प्राधिकरणको समझदारी

admin

भोजपुर, २६ मङ्सिर : भूकम्पपछिको पुनःनिर्माणका कामलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र जिल्लाका नौ वटा स्थानीयतहबीच १० बुँदे समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । पुनःनिर्माणको कार्यमा समन्वय एवं सहयोग आदानप्रदान गर्न गरिएको समझदारी पत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन एकाइ आयोजना प्रमुख राजनराज रेडिले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर पत्रमा नगरपालिका, गाउँपालिकाभन्दा अन्यत्र सरुवा गर्दा स्थानीयतहको सहमति लिइने, सम्बन्धित वडाध्यक्षको सिफारिशमा नगरपालिका, गाउँपालिका प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेका आधारमा जिल्लास्तरीय एकाइले तलब भत्ता उपलब्ध गराउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिका, गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीयतहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट एकमुष्ट उपलब्ध गराउने पनि सम्झौतामा भनिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी सदस्य विष्णुबहादुर भण्डारीले सहमतिअनुसार प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा खटाइने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने बताउनुभयो ।
-रासस

प्रतिक्रिया