सुनको भाउ घट्यो !

मनिषा थापा

काठमाडौं : आज सुनको भाउ तोलामा ३ सय रुपैंयाले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैंयाले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ । तेजावीसुन प्रतितोला ५९ हजार २ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७३५ रुपैंया प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया