पिएनपिखबर, भक्तपुर। २१ औ शताब्दीमा पनि के माता के पिता यो सब अन्धविश्वाश हो भन्नेहरु पनि नभएका होइनन्। तर अझै अस्थ राखेर भगवान पुज्नेको पनि कमि छैन यहाँ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय जनम भट्टराई ‘पाथीभारा माता’को नामबाट परिचित छन्। उनी एक पुरुष माता हुन्। उनको नाम जनम भए पनि उनको नामबाट कसैले पनि बोलाउँदैनन्। उनी माथि ‘पाथीभरा माता’ चढेको विश्वास रहेका कारण सबैले ‘पाथीभरा आमा’ भनेर बोलाउने गर्छन।
उनका हजुरबुबा भन्छन् ,’मेरो नाती बाल्यअवस्थामा कालो डरलाग्दो थियो। उनी एक वर्ष नबित्दै उनको कपाल छोरी मान्छेको भन्दा पनि एकदम लामो हुँदै गयो। रुपरंग देखेर गाउँलेले ठुलो भएर यो त कृष्ण बन्छ कि क्या हो भन्थे। ‘ सानै देखि खेल्दा पनि मन्दिर बनाउने, पुजा गर्ने उनको स्वभाव रहेको उनको हजुरबुबाले बताए।
उनको बोलि माता भनेर नै फुटेको थियो भन्दै उनका हजुरबुबाले थपे ,’सानैमा चुरा लगाउने गर्थ्यो। काम्न थाल्यो। मलाई माता आयो भन्यो। हामीले त पत्ताएनौ। त्यसैले जबर्जस्ति पढाउन नि पठायौ। सानैमा एकदम बलवान थियो। विद्यालयमा कसैले खी भन्यो भने मलाई माता आयो भनेर बेञ्च नै उचाल्थ्यो। कसैले भनेको मान्दैनथ्यो। साम्य पार्न म नै चाहिन्थ्यो। ‘
पाथिभरा माताको हामी भक्त हौ भन्दै उनले भने म पनि धामी हुँ। उनको भनाई अनुसार सात वर्षको उमेर देखि नै उनलाई पनि धामी चढेको थियो। उनी सानोमा हराएका थिए। ३ महिना ३ दिन सम्म उनलाई धामीले लागेको उनले बताए। फर्के पछि उनी ज्ञानी भएर फर्के।
स-परिवार भक्ति दर्शन भएकाले पनि पाथिभरा माता उनको नातीमा प्रवेश गर्नु भएको उनको मान्याता छ।
हेर्नुहोस् भिडियो :