सुनिल छिदालको ‘हिँड कान्छी जाउँ’ बोलको गीतको सुटिङ्ग लोकेशन पुग्दा यस्तोसम्म देखियो अनि भेटियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सुनिल छिदाल सांगीतिक क्षेत्रमा अहिले जल्दो बल्दो नाम बन्दै गएको छ। इण्डियामा सेक्युरेटीको काम गर्दागर्दै उनी मनले नमानेर नेपालमा आएका थिए। स्वर पनि उत्तिकै मिठो भएकोले उनले अब बाँकिको जीवन सांगीतिक क्षेत्र्मा नै बिताउने सोचे।

उनका ३/४ वटा गीत बजारमा सार्वजनिक भइसकेको छ। उनले भर्खरै मात्र एउटा डन्सिंग संग रेकर्ड गरेका छन्। मेलिना राई र उनको आवाजमा रेकर्ड भएको उन्क्त गीतको भिडियो शुटिंग भने दल्चोकी डाँडामा सम्पन्न भएको छ।

‘हिड कान्छी जाउ बरु गावै रमाइलो संगै बसी खेलेको ठावै रमाइलो’ गीतको बोल रहेको छ। मदन लिम्बुको शब्द र उत्तम जङ्ग लिम्बूको संगीतमा रहेको यस गीतको भिडियोको छयाङ्कन भने मुकेश हमागाई र उनको टिमले गरेको छ।

गीतमा जसु याक्खाको निर्देशन रहेको छ। अन्जु चैलागाई , मदन लिम्बू , मिलन श्रेष्ठ र अन्य कलाकारले म्युजिक भिडियोमा रोमान्चक अभिनय गरेर गीतमा सुनमा सुगन्ध थपिदिने काम गरेका छन्।

गीतमा अभिनित कलाकारको लागि द हाइल्याण्ड आर्ट मार्फत पहिरनमा सहयोग भएको हो। चादनी गिरीले कलाकारलाई श्रृङ्गार गरिदिएकी छिन्। अमृत चापागाईंले यस गीतको म्युजिक भिडियो सम्पादन गरेका छन्।

अत्यन्तै चिसो ठाउँमा धेरै मिहिनेत गरेर तयार परिएको यस गीतको भिडियो आम दर्शकले मन पराइदिने गीतको टिमको आश रहेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू